एनसेल लाभकर विवादमाथि सुनुवाई सुरु, कसको पक्षमा होला फैसला ?

 

जेठ २१, काठमाडौं । नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी एनसेलको लाभकर विवादबारे आज सर्वोच्च अदालतको पूर्ण इजलाशले सुनुवाई गर्दैछ । 

सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, शुष्मालता माथेमा र मनोजकुमार शर्माको संयुक्त इजलाशले मुद्दाको फैसला गर्दैछ । 

null

एनसेलले तिर्नुपर्ने लाभकरका बारेको मुद्दामा मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलाशले अन्तिम सुनुवाइ गर्न लागेको हो । यसअघि अन्तरिम आदेश जारी गर्ने संयुक्त इजलाशले नै आजबाट अन्तिम सुनुवाइ गर्ने मिति तय गरेको थियो। 

गत बैसाख २४ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले अर्को आदेश नभएसम्मका लागि एनसेलबाट कर नउठाउन अन्तरिम आदेश जारी गरेको थियो । 

सर्वोच्चले टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा भएको पुँजीगत लाभको करवापत एनसेलले नै तिर्नुपर्ने भनेपछि ठूला करदाता कार्यालयले ६० अर्ब ७१ करोड रुपैयाँ कर निर्धारण गरेको थियो । 

एनसेलले पहिले पनि केही रकम तिरिसकेकोले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिर्न बाँकी रहेको ठूला करदाता कार्यालयले ठहर गरेको थियो । एनसेलले कर निर्धारणविरुद्ध वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *