‘अब सरकारी कलेजमा पढ्छु’ (भिडियाेसहित)
असार १२, काठमाडौं । राजनीतिमा लागेपछि पढाइको आवश्यकता र महत्व महशुस भएको बताउने नायिका करिश्मा मानन्धरले सरकारी कलेजमा पढ्ने बताएकी छिन् ।
२०७५ एसईई परीक्षामा ३ जीपीए (बी प्लस) सहित उत्तीर्ण भएकी करिश्माले समाजमा सन्देश दिन अब सरकारी स्कुल (कलेज) मा नै पढ्ने बताएकी हुन् ।
null
एक युट्युब च्यानलको अन्तर्वार्तामा आफू निकै खुशी भएको बताउँदै उनले भनिन्, ‘म मध्यम खालको विद्यार्थी हुँ । रिजल्ट बी प्लस आएको भन्ने सुनेकी छु । म निकै खुशी छु । मैँले जानी नजानी प्राइभेट स्कुलमा नै पढेँ । अब म प्लस टु सरकारी स्कुल (कलेज) मा नै पढ्छु । म्यानेजमेन्ट पढ्ने इच्छा छ ।’
पढ्ने मान्छेलाई जहाँ पनि राम्रो हुने भन्दै उनले आफु देशवादी भएकाले देशमा नै पढ्ने, विदेश नजाने बताइन् ।
आफ्नो नीजि खुशीको लागि नभइ देशमा एक सन्देश दिनका लागि अध्ययनलाई अघि बढाएको उनको भनाइ छ ।
उनि भन्छिन्, ‘कति मान्छेहरु आफ्नो नीजि स्वार्थ–खुशीका लागि काम गर्छन् । तर यो मैँले आफ्नो नीजि खुशीका लागि गरेकी होइन । हाम्रो देशमा उमेर बढेपछि पढाइलाई निरन्तरता नदिने चलन छ । लाज मान्ने चलन छ । म पढाइलाई उमेरले छेक्न सक्दैन भन्ने सन्देश दिन चाहन्छु । यसबाट दुई जनाले मात्रै पनि सन्देश लिन सक्नुभयो भने म खुशी हुनेछु ।’
एउटा शिक्षित मान्छे जहाँ पनि आत्मनिर्भर भएर रहन सक्ने भन्दै उनले शिक्षाको अभावले गर्दा महिलाहरु पछाडी परेको धारणा राखिन् ।
डा. बाबुराम भट्राईको नयाँ शक्ति पार्टीमा प्रवेश गर्दा करिश्मा मानन्धरमा जुन उत्साह थियो, उमंग थियो, अहिले त्यो सिद्धिएको स्पष्ट देखिन्छ ।
नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीचको एकतापछि गुमनाम भएकी करिश्माले अन्ततः पार्टी परित्याग गरेको घोषणा नै गरिसकेकी छिन् ।
पढ्दा पढ्दै कलाकारितामा आएकी करिश्माले छुटेको पढाइलाई नयाँ शक्तिमा आएपछि मात्रै पुरा गर्ने अठोट गरेकी हुन् । उनले सुरुमा डा. बाबुराम भट्टराईलाई आइडल मानेकी थिइन् । नयाँ शक्तिमा गएकी करिश्मालाई डा. भट्टराईले सुरुमा राम्रै स्थान दिए ।
अहिले उनीहरुबीचको सम्बन्ध त्यति राम्रो देखिँदैन । नायिका करिश्माले आफूले बाबुरामको फोन समेत नउठाउने गरेको बताउँछिन् ।
समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले पार्टीको प्रचारप्रसारका लागि मात्रै आफूलाई प्रयोग गर्न खोजेको उनको आरोप छ ।
‘राजनीतिक कुरा गर्न त मन छैन तर मैँले अहिले भर्खरै मात्र ट्याग गरेको देखेँ । मैँले डा. भट्टराईले दुई वर्षको छुट्टी लिएको छु भन्या छैन । मैँले दिएकी छैन डा. भट्टराईलाई नोटिफिकेसन । म उहाँको फोन पनि उठाउँदिन । दुई वर्ष पछाडी उहाँको चुनाव आउँछ अनि म प्रचार गर्ने फेरि बन्न भन्या हो कि !’, उनले भनिन् ।
आफू एउटा नागरिक भएको भन्दै उनले नागरिकको हकहितका लागि मात्रै काम गर्ने स्पष्ट पारिन् । ‘म आफ्नो नागरिकको हकहितको कुरा गर्छु । त्यसकारण यस्ता भ्रामक कुराहरु नगर्नुस् भन्छु म । टेलिभिजन मिडियामा नबोल्नुस् के यस्तो कुराहरु । राजनीति भनेको ज्ञान र विज्ञानले मात्रै हुँदैन । यो म्यानेजमेन्ट पनि हो । त्यो मैँले उहाँमा पाइनँ । र सरी डा. भट्टराई म यहाँको बारेमा केही बोल्न चाहँदिन । म उहाँलाई सधैँ सम्मान गर्ने मान्छे हुँ । तर हरेक मान्छेको आ–आफ्नै अधिकार हुन्छ । त्यो मैँले प्रयोग गर्न पाउँछु । म यहाँको पार्टीमा छैन प्लिज ।’
उनले राजनीतिमा लाग्ने भनेपछि अलिकति सक्रिय पार्टीमा नै लाग्नुपर्ने भन्दै भोलिका दिनमा कतै सहभागी भएमा अन्यथा नलिन पनि शुभचिन्तकलाई आग्रह गरिन् ।
नायिका करिश्माले बाँचुन्जेल आफू समाजसेवा बताउँदै उनले भनिन्, ‘यदी म हाउसवाईफ मात्रै भएर बस्ने भए पढ्दिन थिएँ होला । खान लाउन मलाई दुःख छैन । गर्दैन थिएँ होला म यो सब । यति धेरै कोशिस किन गरिरहेको छु भने म एउटा रोलिङ स्टोन बन्न चाहन्छु । एउटा गुडिरहेको ढुंगा बन्न चाहन्छु, जहाँ लेउ नपरोस् । र बाँचुन्जेलसम्म त्यही गर्न चाहन्छु ।’ उनको पीएचडी गर्ने लक्ष्य छ ।
अंग्रेजी– ३.२ जीपीए ‘बी प्लस’
नेपाली– २.८ जीपीए ‘बी’ गणित– २ जीपीए ‘सी’ विज्ञान– २.८ जीपीए ‘बी’ सामाजिक अध्ययन – २.८ जीपीए ‘बी’ स्वास्थ्य, जनसङ्ख्या र वातावरण शिक्षा– ३.२ ‘बी प्लस’ ऐच्छिक प्रथम (जनसङ्ख्या शिक्षा) ३.२ जीपीए ‘बी प्लस’ ऐच्छिक द्वितीय (कार्यालय व्यवस्थापन र लेखा– ४ जीपीए ‘ए प्लस’