चितवनमा बन्दको प्रभाव, खैरहनीको बम डिस्पोज

 

असार १०, चितवन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण चितवनको जनजीवन प्रभावित भएको छ । 

बन्दले जिल्लामा कलकारखाना, सवारीसाधन, बजार ठप्प रहेका छन् । छिटफुट मात्रै निजी साधन सञ्चालमा छन् । 

null

चितवनको खैरहनीमा प्रेसर कुकर बम फेला परेको छ भने अन्य अप्रिय घटना अहिले सम्म नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानवहादुर मल्लले जानकारी दिए । उनका अनुसार बन्दको प्रभाव बजार, यातायातमा परेको छ । तर विस्तारै सवारी साधन गुड्ने क्रम बढीरहेको एसपी मल्ले बताए । 

बन्दका कारण जिल्लाको मुख्य वजार नारायणगढ, भरतपुर, टाँडी, पर्सा, भण्डारामा प्रभाव परेको छ । बन्दका कारण जिल्लामा शैक्षिक संस्थाहरु पनि बिहानैदेखि ठप्प छन् । 

पूर्वी चितवनको खैरहनी नगरपालिका ८ मगनी चोकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *