प्रभु बैंकको आरुघाट शाखा कार्यालय सञ्चालन 

 

असार ९, काठमाडौँ । प्रभु बैंक लि. ले शाखा बिस्तार गर्ने क्रममा धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आजदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाबाट एक समारोहकाविच बैंकको आरुघाट शाखा कार्यालयको समुद्घाटन भएको हो । 

null

शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथी त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको आरुघाट शाखाकार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आमसर्वसाधारणलाई सरल सहज रुपमाप्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउदैँ बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे । 

आरुघाट शाखा कार्यालय उद्घाटन कार्यक्रममा धादिङ्ग जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ धादिङ्गका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतकाे ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

आरुघाटशाखा समेत गरी बैंकले हालसम्म १८६ वटा शाखा, १४६ वटा ATM र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *