हिमालय पग्लने दर अघिल्लो शताब्दीभन्दा दुई गुणा तीव्र

 

असार ८ । मौसम परिवर्तनले नाटकीय रुपमा हिमालयमा क्षय पुर्याइरहेको नयाँ अध्ययनले देखाएको छ । 

२००० किमि लम्बाइमा फैलिएको र ६ खर्ब टन हिउँ भण्डारण रहेको हिमालयका हिमनदीले ८० करोड मानिसको लागि सिचाई, हाइड्रोपावर र पिउने पानी प्रदान गर्छ । 

null

तर त्यति महत्वपूर्ण हिउँ भण्डारले यही शताब्दीको सुरुदेखि आधा मिटर हिउँ गुमाइसकेको छ । यो सन् १९७५ देखि सन् २००० बीच पग्लेकोभन्दा दोब्बर हो । कोलम्बिया विश्वविद्यालयका अनुसन्धानदाताले गरेको अध्ययनले गरेको यो कुरा पत्ता लगाएका हुन् । 

अनुसन्धानदाताका अनुसार अहिले हिमायलको हिमनदीहरुले वार्षिक ८ अर्ब टन पानी गुमाइरहेका छन् । 

यस गतिमा हिमालय पग्लिनु यसका पानीमा निर्भर मानिसलाई जोखिमपूर्ण हो । यसले भावि दिनमा एशियाली देशमा बस्ने करौडौं मानिसको पानीको पुर्ति जोखिम पार्नेछ । 

‘हिउँको ठूलो हिस्सा भत्किदाँ, एक्कासी बाढी आउने सम्भावना हुन्छ । त्यसले तलका वस्तीमा बस्ने समुदायमा क्षति पु-याउनेछन्,’ उनले भने ।अल्पकालमा बाढीको सम्भावना भए पनि दिर्घकालमा हिमनदीमा थोरै हिउँ हुँदा त्यसले खडेरी निम्त्याउनेछ । 

अनुसन्धानदाताले अध्ययनको लागि ४० वर्षसम्म भूउपग्रहले संग्रह गरेको तथ्याकंलाई मूल्याकंन गरेका थिए । यसमा मुख्यत भारत, चीन, नेपाल र भूटानमा फैलिएको हिमालय क्षेत्रबाट संकलन गरिएको तथ्याकं लिइएको थियो । 

‘यो हिमालय क्षेत्रको हिमनदीले बरफ गुमाइरहेको सबैभन्दा स्पष्ट तस्वीर हो । बरफको क्षयमा वायुमण्डलको उष्णता प्रमुख कारण रहेको देखिन्छ,’ एक जना अनुसन्धानदाता मोअररले भने । 

अप्रिलमा प्रकाशित अर्को एउटा रिपोर्टले अहिलेकै दरमा बरफ पग्लिएमा केन्द्रीय युरोप, पश्चिम क्यानडा र अमेरिकामा रहेका अधिकाशं हिमनदीले यो शताब्दीको दोस्रो भागमा पग्लेर सकिने देखाएको छ । 

यही वर्षको प्रारम्भमा एउटा अध्ययनले हिन्दू कुश हिमालय क्षेत्रको एक तिहाई हिस्सा बरफ यो शताब्दीको अन्त्यसम्ममा नष्ट हुने तथ्याकं देखाएको थियो । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *