माइतीघरमा उर्लियो जनसागर (फोटोफिचर)

 

असार ४, काठमाडौं । गुठी विधेयकविरुद्ध बुधबार गुठीयारहरुले माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरिरहेका छन् । 

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शन निकै शान्त थियो । त्यहाँ कुनै झडप, तोडफोड भएको थिएन । प्रदर्शनका क्रममा गुठियारहरुले शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई फुल बाँडेका थिए । तर उनीहरूकाे प्रदर्शनले सवारी आवागमन प्रभावित भएकाे थियाे ।  

null

 

प्रदर्शनमा उत्रिएका गुठियारहरुले ‘देखिस् नेवाखं पावर, गुठी मास्न पाइँदैन, गुठी विधेयक चाहिँदैन, धर्म संस्कृतिप्रतिको नांगो नाच बन्द गर, गुठी विधेयक खारेज गर, साँस्कृतिक अतिक्रमण बन्द गर, झीगु संस्कृति, झीगु संस्कार जितः छ नापं मतिना दु’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

 

सरकारले गुठी विधेयक फिर्ता लिइसकेको अवस्थामा गुठीयारहरुले फिर्ता नभइ खारेज नै गर्नुपर्ने भन्दै प्रदर्शन जारी राखेका हुन् । प्रतिपक्षीदेखि लिएर सत्तापक्षी सम्मले विधेयकको विरोध गर्न थालेपछि सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिएको घोषणा गरेको थियो । 

 

सरकारले गुठी विधेयकमार्फत् सम्पदा मास्न खोजेको, संस्कृतिमाथि आक्रमण गर्न खोजेको उनीहरुको आरोप छ । आज भएको प्रदर्शनमा गायक तथा कलाकारहरु पनि डाकिएको थियो । 

 

गुठी विधेयक विरुद्धको संघर्ष समितिले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न पनि सरकारसँग माग गरेको छ । समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठी संस्कृतिसँग सम्बन्धित भएकाले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयअन्तर्गत राख्न सरकारसँग माग गरेका हुन् । 

 

साथै उनीहरुले तीन मन्त्रीको राजीनामा समेत माग गरेका छन् । गुठी विधेयक संसद्‌मा दर्ता गराउने मन्त्री अर्याल, गुठीको विरोधमा सडका आएका गुठीयार, अभियन्ता माथि दमन गर्ने गृहमन्त्री रामबहादुर थापा र गुठीलाई सामन्त भन्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका हुन्। 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *