माइतीघरमा गुठी विधेयकको विरोध, प्रदर्शनकारीमाथि लाठी र पानीको फोहरा

 

जेठ २६, काठमाडौं । सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकका विरुद्ध माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

प्रदर्शनकारी र प्रहरीबीच माइतीघरमा झडप भएको हो । भीड तितरवितर बनाउन प्रहरीले लाठीचार्ज साथै पानीको फोहरा प्रहार गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । 

null

 

प्राचिन गुठीका गुठियारहरुले आइतबार प्रदर्शन गरेका हुन् । गुठी सम्बन्धी संशोधन विधेयक पारित नगर्न माग गरेका छन् । उक्त विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने उनीहरुको चेतावनी छ । 

  

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *