कामना सेवाको प्रदेश १ को मधुमल्ला र केराबारीमा एकैदिन शाखा संचालन

 

असार ३, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले एकैदिन असार ३ गते प्रदेश नं १ को मोरङको मिक्लाजुंग गाउँपालिका ९ मधुमल्ला र केराबारी गाउँपालिका १० मा आफ्नो ९० र ९१ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक देव कृष्ण काफ्ले तथा प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा संचालक देव कृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले बिश्वास लिएको बताए ।  

null

यस बैंकले व्यवसाय बिस्तारको क्रममा नविनतम प्रोडक्टहरू तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *