अध्यक्षले आदिवासी उत्थान संघ आफु खुशी चलाएको आरोप
असार ६, विराटनगर । नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्षले संस्था आफु खुशी मनोमानि ढंगले चलाएको आरोप लगाइएको छ ।
सन्थाल संस्थागत सुशासन अभियान प्रचारप्रसार समितिले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि अध्यक्षले आफुखुशि एकलौटी ढंगबाट चलाएको भन्दै विरोध जनाएको हो ।
null
सन्थाल आदिवासी उत्थान संघका केन्द्रिय अध्यक्ष लुखिराम हास्दाले ६ वर्षदेखी निरन्तर साधारणसभा र नविकरण नगरी आफुखुशी योजनाहरु छनौट गरि कार्यक्रम गर्ने गरेको प्रचार प्रसार समितिले आरोप लगाएको छ ।
संघका पूर्व महासचिव लखन हास्दाले अध्यक्षले जिम्मेवारी सम्हालेपछि समुदायको हितमा काम गर्नुपर्ने भएपनी उल्टै संस्थालाई आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाए । उनले भने,‘यो संस्था तराइको आदीवासी सन्थाल जातीको उत्थान र विकासका लागि स्थापना भएको हो, तर अध्यक्षले एकलौटी टंगबाट आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरेपछी बाध्य भएर विरोधमा उत्रनु परेको हो ।’
उनले नियमित रुपमा साधारणसभा तथा संस्थाको अधिवेशन गर्नुपर्ने माग समेत गरे । पत्रकार सम्मेलनमा संघका मोरङ सचिव श्यामलाल वास्किले वैधानिक ढंगले साधारणसभा र अधिवेशन हुनुपर्ने बताए । अर्का सदस्य सोनेलाल किस्कुले अध्यक्षले अन्य सदस्यको हस्ताक्षर किर्ते गरि एकलौटी रुपमा सवै पदको काम गर्दै आएको आरोप लागाएका छन् ।