ठूलै मात्रामा हतियार सहित ३ जना पक्राउ

 

असार १२, धरान ।  सुनसरी प्रहरीले धरान क्षेत्रबाट हतियार सहित ३ जना लाई पक्राउ गरेको छ । 

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यलय धरान र प्रदेश प्रहहरीको संयुक्त टोलीले बुधबार रातभर अप्रेशन गरेर सो ब्यक्तिहरुलाई पक्राउ गरेको हो । 

null

 

धरान १५ स्थित सरोज गुरुङको घरमा छापा मार्दा २ बटा कोठाबाट डाईलेक्स डीसी नामक लागुऔषध २ बोतल भेटिएपछि सोही क्रममा खानतलासी गर्दा गुरुङकै घर पछाडिको कम्पाउण्डको खाली जग्गमा अर्काै दुई बोतल लागुऔषधका साथै सनमाईका ईन्डीट्रियल लेखीएको पेस्तोल २ थान सोही पेस्तोलको म्यागजीन १ थान, सोही म्यागजीन्मा लोड भएको ७.६५ लेखिएको गोली १ थान, ०७ लेखिएको पेस्तोलको गोली १० थान, ७.६२ लेखिएको एस एल आर मा प्रयोग हुने गोली ५ थान, एम आई कम्पनीको मोबाईल १ थान र को २५ प ४९८९ नम्बरको रातो कालो रंगको पल्सर मोटरसाईकल एक थान बरामद भएको छ । 

 

त्यस्तै धरान ११ स्थित आफन्त प्रबिण राईको घरमा बस्ने भोजपुर आमचोक गाउँपालिका वडा नं ६ घर भएका २९ बर्षिया बिजय राई र भोजपुर जिल्ला हतुवागढी गाउपालिका वडा नं २ घर भएका ३१ बर्षिया सुरेश राईको कोठा खान तलासी गर्दा ७.६२ लेखिएको एस एल आर मा प्रयोग हुने गोली ९ थान,खैरो हिरोईन जस्तो देखिने सानो टिनको बाकस भित्र साना साना पोका १० थान (जसको बजन २ ग्राम ७ सय ३० मिलिग्राम हुन्छ) ,फलामको नक १ थान, धारीलो खुकुरी २ थान, मुकाुन्डो ३ थान, सेतो रंगको एम आई कम्पनीको मोवाईल १ थान,जिवनी मोवाईल १ थान, डायसको गोटी ६ थान, कोे ९ प ४३९८ नम्बरको रातो रंगको पल्सर मोटरसाईकल, त्यस्तै को ५ प ३७५७ नम्बरको रातो रंगको एफ जेड मोटरसाईकल १ थानका साथै नगद १५ हजार १ सय ३५ रुपैया समेत बरामद भएको छ । 

पक्राउ परेकाहरु ठूलो योजना बनाई घटनामा सम्लग्न रहने योजनामा रहेको हुनसक्ने सुनसरी प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेले जानकारी दिए । बिहिबार ईलाका प्रहरी कार्यलय धरानमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरीएको ती ब्यक्तिहरुको बारेमा गम्भीर अनुसन्धान भईरहेको र तिनीहरु कुन कुन अपराधमा सलग्न छन भने कुरा बिस्तारै खुल्दै जाने पोखरेलले बताए । 

यसैबीच केही साता अघि धरान ४ बाट एक वित्तिय संस्थाको किस्ता संकलन गरेर आउँदै गर्दा कर्मचारी लुटिएका थिए । उनीमाथि गोली प्रहार भएको थियो । पक्राउ परेकाहरु सोही घटनामा संलग्नहरु हुनसक्ने अनुमान गरिएको छ । 

प्रहरीले लुटेराहरु पक्राउ गर्न नसकेको आलोचना भइरहँदा धरानमा ठूलै मात्रामा हातहतियार सहित ब्यक्ति पक्राउ गर्न सफल भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *