कतारको राजदूतमा डा‍.वाग्ले सिफारिस

 

जेठ २६, काठमाडौं । सरकारले चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, बंगलादेश, अष्ट्रेलिया र स्पेनका लागि राजदूत सिफारिस गरेको हो । 

null

बैठकले कतारका लागि डा।नारद वाग्ले भारद्वाज, बंगलादेशका लागि डा.वंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सिफारिस गरेको हो । उनीहरुलाई संसदीय सुनुवाइका लागि सिफारिस गर्ने निर्णय भएको छ । 

कतारका लागि सिफारिस वाग्लेले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अंग्रेजी विषय प्राध्यापन गरेका छन् । यसअघि सरकारले कतारबाट राजदूत रमेश कोइराला, बंगलादेशबाट डा.चोपलाल भुसाल र स्पेनबाट भरत रायमाझीलाई फिर्ता बोलाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *