छोरीलाई बलात्कार गरेको आरोपमा मन्त्रालयका उपसचिव पक्राउ
मकालु खबर
२०७६ जेठ २९ गते
जेठ २८, काठमाडौं । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन् ।
प्रहरीले सोमबार १८ वर्षीय छोरी बलात्कार गरेको आरोपमा उपसचिव ४५ वर्षीय रामाश्रय यादवलाई पक्राउ गरेको हो ।
null
उपसचिव यादवकी श्रीमती र छोरीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको घर महोत्तरी सोनमा गाविस–२ मा पर्छ । हाल ललितपुर धोविघाट बस्दै आएका छन् । ३–४ वर्षदेखि घरमा कोही नभएको मौकामा यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
किशोरीले गत जेठ १९ गते बाबुले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यादवलाई घरबाटै सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित