हत्या गरिएको १९ वर्षपछी हत्यारा पक्राउ

 

जेठ २७, काठमाडौँ । हत्या गरिएको १९ वर्षपछी प्रहरीले एक हत्यारालाई पक्राउ गर्न सफल भएको छ । 

पक्राउ पर्नेमा पर्साको सुवर्णपुरका रमन अधिकारी रहेका छन् । उनले १९ वर्ष अघी भक्तपुरको कटुञ्जेकी बिजयश्वरी प्रजापति हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ । 

null

प्रहरीका अनुसार उनलाई आइतबार रुपन्देहीको सिद्धार्थ नगरपालिका १ बेलहियाबाट प्रकाउ गरेको हाे ।  

पक्राउ परेका रमन बिजयश्वरीकै घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएको र बिजयश्वरीसँग केही रकम माग्दा उनले रकम दिन ईन्कार गरेपछी उनको हत्या गरिएको प्रहरीले जानकारी दिएका छन् । 

उनले २०५७ असार ८ गते बिजयश्वरीको घरमै हत्या गरी फरार रहेका उनी बिगत १९  वर्ष देखी भारतमा लुकछिपी बस्दै आईरहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

पक्राउ परेका रमनमाथी आवश्यक कारवाही अघी बढाई थप अनुसन्धान भईरहेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *