कार्यालय सहयोगीको भरमा चलेकाे कार्यालयमा अधिकृत आए

 

जेठ १९, पाँचथर ।  पाँचथरको सीमा प्रशासन कार्यालय च्याङथापुमा सेवा सञ्चालन सुरु भएको छ । विगत तीन वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको कार्यालयले शाखा अधिकृत विनोदकुमार चौहानले सेवा बिहीबार कार्यालयमा हाजिर भई सेवा सञ्चालन गरेका हुन् । 

यसअघि कार्यालय सहयोगी लक्ष्मीप्रसाद खवासले कार्यालय खोल्ने, झण्डा फहराउने र चिठी पत्र बुझ्ने काम गर्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार कर्मचारी अभावले सेवा प्रवाह ठप्प रहेको कार्यालयमा कार्यालय प्रमुखको रूपमा अधिकृत चौहानलाई पठाइएको हो । 

null

वस्तीले भने, “आइतबारदेखि सीमा प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, आदिवासी जनजाति प्रमाणित, नाबालक परिचयपत्र, बजार अनुगमन, द्रुतमार्गबाट राहदानीको सिफारीसलगायतका सेवा पाउने पाएका छन् ।” 

साथै, सीमाको अनुगमन र सीमा नाका पास दिने लगायतका सेवा प्रवाह हने वस्तीले बताए । उनले भने, “कर्मचारी नै नभएकाले सीमा प्रशासनबाट नागरिकलाई सेवा दिन सकेका थिएनौँ । सेवा प्रवाह शुरु भएको छ । लामो मेहनतपछि कर्मचारी पठाउन सफल भइयो अब नागरिकले दुःख पाउँदैनन् ।” 

सीमा प्रशासन कार्यालयमा अधिकृतसँगै नायब सुब्बा, कम्प्युटर अप्रेटर, सहायक लेखापाल, खरिदार र कार्यालय सहयोगी गरी सातजनाको दरबन्दी छ । तर तीन वर्षदेखि कार्यालय सहयोगी खवास मात्रै कार्यालयमा थिए । कार्यालय प्रमुख कोही साता दिन बसेनन्, कोही हाजिर नभई काज मिलाएर अन्त जाने गरेका थिए । 

सीमा प्रशासनलाई एक नम्बर पिलर फालोटदेखि कालीझारसम्म निरीक्षण गर्ने अधिकार छ । सीमा क्षेत्रमा हुँदै आएको जडिबुटीदेखि वन्यजन्तु चोरी तस्करी नियन्त्रण र सीमा नाका पास पनि सीमा प्रशासनलाई नै दिने अधिकार प्रत्यायोजन छ । यही नाका भएर पाँचथर, ताप्लेजुङ र तेह्रथुमको पूर्वीत्तर क्षेत्रका स्थानीयहरू सिक्किम आवतजावत गर्छन् । 

बिहीबार कार्यालयमा हाजिर भएका विनोदकुमार चौहानका अनुसार कार्यालय लामो समय सेवा प्रवाह नभएकाले सेवाग्राही नआएको बताए । उनले भने, “धेरै समय बन्ध भएकाले होला सेवा लिन आउनुभएको छैन । सीमा पासका लागि एक–दुई जना बाहेका अन्य अरु सेवाको लागि कोही पनि आउनुभएको छैन ।” रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *