टिपरको ठक्करबाट पत्रकारको मृत्यु

 

जेठ २९, सुर्खेत । सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक पत्रकार मृत्यु भएको छ । 

सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले भे ८प७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो । 

null

पत्रकार गेलाङ्गको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । सुर्खेतको लेकवेशी नगरपालिका–७ स्थायी घर भएका उनी विगत लामो समयदेखि वीरेन्द्रनगरमा बस्दै पत्रकारिता गरिरहेका थिए। 

टिपर चालक भने अहिले फरार छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *