अष्ट्रेलियाको होटलमा जथाभावी गोली चल्दा ४ को मृत्यु, एक पक्राउ

 

जेठ २६, सिड्नी । अष्ट्रेलियाको एक होटलमा जथाभावी गोली चल्दा ४ जनाको मृत्यु हुनुको साथै २ जना घाईते भएका छन् । 

मंगलबार साँझ अष्ट्रेलियाको डार्बिन शहरको एक होटलमा एक अधबैंशे व्यक्तिले होटलका प्रत्येक रुममा जाथाभावी गोली चलाउँदा चार जनाको मृत्यु हुनुको साथै २ जना घाइते भएको हो । 

null

 

करिब ५ हजार नेपाली बासोबास गर्ने डार्बिन शहरमा होटलमा घटेको त्यस घटनामा कुनै नेपाली नपरेको स्थानिय अधिकारकर्मीले जनाएको छ । 

प्रहरीले त्यसरी जथाभावी गोली चलाउने युरोपियन मूलका ती व्यक्तिलाई नियन्त्रणमा लिई सकेको अष्ट्रेलियाका सञ्चारमाध्यमले जनाएको छ । 

‘एक्कासी केही पड्केको जस्तो आवाज आउँदा त मलाई कतै आतिसवाजी भइरहेको जस्तो भान भएको थियो,’ एक प्रत्यक्षदर्शीको भनाइ राख्दै डेली मेलले लेखेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *