सरकारले गुठी विधेयक सच्याउँछः प्रधानमन्त्री

 

असार १, काठमाडौं । साताव्यापी युरोप भ्रमणबाट आइतबार बिहान काठमाडौं ओर्लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने बताएका छन् । 

गुठी विधेयकको विरोधमा गुठीयारहरुको आन्दोलन चर्किरहँदा युरोपबाट फर्किएका प्रम ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विधेयक सच्याउने प्रतिबद्धता जनाएका हुन् । 

null

‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ,’ प्रधानमन्त्रीले भने । 

यस्तै उनले सरकारले सांस्कृतिक कलाको संरक्षण गर्ने स्पष्ट पार्दै रीतिरिवाज र धर्म तथा संस्कृतिका कुरामा जानेर–नजानेर कमजोरी भएको रहेछ भने सच्याउने प्रतिबद्धता जनाए । 

गुठी विधेयकलाई लिएर कांग्रेसले पटक पटक संसद अवरुद्ध गर्दै आएको छ । सत्तारुढ दलका नेताहरुले पनि यसको विरोध गर्दै आइरहेका छन् । 

यता काठमाडौंमा गुठीयारहरुले गुठी विधेयकको विरोध गर्दै दैनिक जसो र्‍याली र मसाल जुलुस निकालिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *