विकास बैंकको हेम्जा (कास्की) शाखा कार्यालयको  उद्घाटन 

 

जेठ ३०, काठमाडाैँ ।  गरिमा विकास बैंक लिमिटेडले  बुधबार पोखरा महानगर पालिका वार्ड नं. २५ मा स्थापित हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । 

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष  शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा गरेका हुन् । 

null

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुँदा विकास बैंकले सेवा प्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए । 

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिना, विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठ, महिला सञ्जालकी अध्यक्ष रमा त्रिपाठी लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *