प्रियंकाले सलमानकाे भारतलाई नाच्ने–गाउने फिल्म भनेपछी

 

जेठ ३१, भारत ।  भारतीय फिल्मी जगतमा अहिले एउटा फिल्म चर्चाको केन्द्रमा छ । सलमान खान र कट्रिना कैफको भारत फिल्मले रिलिज भएको केही दिनमा नै १ सय ६७ करोडको कमाई गरेको भारतीय संचार माध्यमले बताएको छ । 

भारत फिल्ममा कट्रिनाअघि प्रियंकालाई साइन गराइएको चर्चा अत्यधिक छ । तर प्रियंका चोपडाले अन्तिम अवस्थामा फिल्म छोडेकी थिइन् जसका कारण सलमान प्रियंकासँग निकै रिसाएको पनि बताइयो । यद्यपि, पछि सलमानले आफू प्रियंकासँग नरिसाएको स्पष्टिकरण दिएका थिए । 

null

अब प्रियंका चोपडाले सलमानको भारतबारे यस्तो टिप्पणी गरेकी छिन् जसका कारण सलमानको रिसको पारा माथि उठ्ने अनुमान गरिएको छ । 

मंगलबार प्रियंका आफ्नो नयाँ फिल्म ‘द स्काई इज पिंक’ को एक पार्टीमा उपस्थित भइन् यसमा प्रियंकाकी आमा मधु चोपडालगायत विभिन्न कलाकारको उपस्थिती थियो । उक्त मौकामा प्रियंका चोपडाले सलमानको फिल्म भारत छोड्नुको कारण बताउँदै यसलाई नाच्ने–गाउने फिल्म बताइन् । 

प्रियंकाले भनिन्, ‘सबैले मलाई मेरो निर्णयबारे सोध्थे, आखिर किन यस्तो गरेको भन्थे । मलाई नाच्ने गाउने, तडकभडकयुक्त फिल्म किन छोडेँ भनेर पनि सोधिन्थ्यो । कतिले मलाई म किन १८ वर्षको बच्चाको आमाको भूमिका निभाउन राजी भएँ भनेर पनि सोध्थे ।’ 

उनले भारतलाई छोडेर द स्काई इज पिंक रोज्नुको कारणबारे बताउँदै यसमा सोनालीको आइडिया मनपरेको बताइन् । उनले भनिन्, ‘म सोनालीको कारण नै फिल्ममा काम गर्न राजी भएँ ।’ एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *