सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सुरु, मतदाता लाइनमा

जेठ २७, काठमाडौं । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघको हलमा विहान ८ बजेबाट सुरु भएको निर्वाचनमा उद्योगी ब्यापारीले उत्साह जनक सहभागिता जनाइरहेका छन् । 

यसपटक उवासंघको अध्यक्ष पदका लागि निबर्तमान कार्य समितिका प्रथम उपाध्यक्ष विजय श्रेष्ठ र द्वितिय उपाध्यक्ष गिरीधारी सापकोटाविच प्रतिष्पर्धा देखिएको छ । यसैगरी सदस्य पदका लागि बर्तमान कार्य समितिकै केहि पदाधिकारी र नयाँ आकांक्षी विच प्रतिष्पर्धा हुँदैछ । 

 

null

उवासंघ सुनसरीको निर्वाचनमा कांग्रेस र नेकपा पक्षधरको प्रतिष्पर्धा देखिएको छ । दुवै पार्टीले खुलेर आफ्ना निकटका उम्मेद्वारलाई सार्वजनिक नगरेपनि नेपाली कांग्रेस धरान नगर सभापति किशोर राईले शनिबार भानुचौकमा आयोजित कांग्रेस सभामा बोल्दै विजय श्रेष्ठको पक्ष लिए । उनले नेकपाले पार्टी कार्यलयमै उद्योगी ब्यापारी बोलाएर उम्मेदवारको घोषणा गरी व्यवसायीहरुको स्वतन्त्रतामा हस्तक्षेप गरेको भन्दै कांग्रेसले विजय श्रेष्ठलाई नैतिक समर्थन गरेको बताएका थिए । 

राईले संघको नेतृत्वका लागि वरिष्ठताको आधारमा अध्यक्ष चुन्ने प्रकृया उद्योग वाणिज्य महासंघले अपनाएको भन्दै हालका प्रथम उपाध्यक्ष विजय श्रेष्ठ अध्यक्षको पक्ष लिएका थिए । यता गिरिधारी सापकोटा पक्षलाई नेकपाले सहयोग गरिरहेको छ । नेकपा धरानले केहि दिन अघि पार्टी कार्यालयमा एक कार्यक्रम नै गरेर उम्मेद्वार सार्वजनिक गरेको थियो । 

 

कूल १ हजार ७ सय ४८ मतदाता मध्ये वाणिज्य तर्फ १ हजार ५५, उद्योग तर्फ ५९४, एशोशिएट तर्फ ८३ र वस्तुगत तर्फ १६ भोट रहेको छ । जसमा निर्वाचनबाट वस्तुगत खुल्लाबाट ८ जना र महिला कोटाबाट १ जना निर्वाचित हुनेछन् । उद्योगबाट ४ खुल्ला र १ जना महिला निर्वाचित हुनेछन् । एशोशिएटबाट ३ जना निर्वाचित हुन्छन् । वस्तुगत तर्फ शिवराज श्रेष्ठ, रामश्वरुप शर्मा सर्वसम्मत भइसकेका छन् । भने, वस्तुगत महिला सदस्यमा एलिना मगर सर्वसम्मत भइसकेका छन् । 

निर्वाचित समितिको पहिलो बैठकले ४ जना सदस्य मनोनित गर्नेछ भने सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवको रुपमा पदीय जिम्मेवारी तोक्ने ब्यवस्था छ । 

तस्वीरः दिपेन्द्र निराैलाकाे फेसवुकबाट साभार 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *