लुटेरा समात्न जोरपाटीमा प्रहरीले चलायो गोली

 

जेठ २४, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले गोली चलाएर लुटेरालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलार्ई गोली हानेर नियन्त्रणमा लिएको हो । तामाङको खुट्टामा गोली लागेको छ । उनको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

null

जोरपाटीको अत्तरखेलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीमाथि जाइलाग्न खोजेपछि दाहिने खुट्टामा दुई राउण्ड गोली हानिएको प्रहरीको भनाइ छ । 

प्रहरीले केही समय अगाडि राजधानीका विभिन्न स्थानमा शृंखलावद्ध रुपमा लुटपाटमा संलग्न भएको आरोपमा यसअघि नै चार जनालाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा इलामका धराने भन्ने नितेश तामाङ, रौतहटका मुन्द्रे भन्ने अजय तामाङ, काभ्रेका बाहुन भन्ने रुपेश चौलागाई र मकवानपुरका जिग्री भन्ने भीमराज थिङ रहेका थिए । उनीहरुलाई पक्राउ गरेपछि त्यही सूचनाका आधारमा तामाङलाई महाशाखाको टोलीले पक्राउ गरेको हो। 

महाशाखाका एसपी ओम अधिकारीका अनुसार उपत्यकाको सुन पसल, मनी एक्सेञ्ज लगायत वित्तिय संस्थामा तामाङको समूहले हातहतियार तथा खुकुरी देखाएर लुटपाट गर्ने गरेको थियो । 

४ जेठमा यो समूहले जोरपाटीमा बुद्धराम सुनारले चलाएको भिमेश्वर सुन चाँदी पसलमा लुटपाट गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *