समता अस्पतालभित्र मृत भेटिइन् महिला कर्मचारी

 

असार ३, काठमाडौं । काठमाडौंको बौद्धस्थित समता अस्पतालमा काम गर्ने युवती अस्पतालमै मृत फेला परेपछि आफन्त तोडफोडमा उत्रिएका छन् । 

अस्पताल क्लिनरको रुपमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङ अस्पतालभित्रै प्यासेजमा झुन्डिएको अवस्थामा मृत फेला परेपछि आक्रोशित आफन्त तोडफोडमा उत्रिएका हुन् । 

null

अहिले अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटी जानकारी दिए । 

आफन्तले नाराबाजी गरेपछि अहिले अस्पताल क्षेत्र तनावग्रस्त छ। भीड नियन्त्रण गर्न ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ। 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *