‘चन्द्रयान २’ को प्रक्षेपण सफल, खुशीले झुम्यो भारत

 

साउन ६, नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) ले चन्द्रयान प्रक्षेपण गरेर इतिहास रचेको छ । 

चन्द्रयान २ लिएर ‘बाहुबली’ रकेट दिउँसो २ः४३ मा सतिस धवन अन्तरिक्ष केन्द्रबा प्रस्थान गर्यो । रकेटले चन्द्रयान २ को अन्तरिक्षको कक्षामा पुर्याइसकेको छ । उक्त यानको लिएर सतिस धवन स्पेस सेन्टरमा उपस्थित वैज्ञानिकमा खुशीको लहर छाएको छ । 

null

चन्द्रमातर्फ भारतको यो ऐतिहासिक सुरुवात हो । चन्द्रयान २ चन्द्रमाको दक्षिण ध्रवमा ल्याण्ड हुनेछ । अहिले रकेटको गति निकै सामान्य रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

 

चन्द्रयान २ को ल्याण्डिङको १५ मिनेट महत्वपूर्ण हुनेछ, जब ल्याण्डर विक्रम चन्द्रमाको सतहमा उत्रँदै हुनेछन् । यो मिसन सफल सावित हुनेछ र चन्द्रमामा नयाँ चीजको खोजी गर्नमा सफल हुनेछ । 

चन्द्रयान २ को पृथ्वीको कक्षमा पुर्याउने जिम्मेवारी लिएको इसरोले आफ्नो सबैभन्दा शक्तिशाली रकेट जियोसिंक्रोनस स्याटालाइट लञ्चको जिम्मा व्हीकल–मार्क ३ (जीएसएलवी–एमके ३) लाई दिइएको थियो । उक्त रकेटको स्थानीइ मिडियाले बाहुबलीको नाम दिएको छ । ६४० टन वजन भएको रकेटको लागत ३७५ करोड रुपैयाँ छ । 

यस रकेटले ३.८ टन बजनको चन्द्रयान २ लाई लिएर उडान भरेको हो । चन्द्रयान २ को कुल लागत ६०३ करोड रुपैयाँ छ । 

अलग अलग चरणमा यात्रा पुरा गर्दै यान ७ सेप्टेम्बर चन्द्रमाको दक्षिण ध्रुवको निर्धारित ठाउँमा उत्रनेछ । अहिलेसम्म विश्वको केवल तीन देश अमेरिका, रुस र चीनले चन्द्रमा आफ्नो यान पठाएको थियो । 

२००८ मा भारतले चन्द्रयान–१ लञ्च गरेको थियो । यो एक अर्बिटर अभियान थियो । अर्बिटरले १० महिनासम्म चन्द्रको चक्कर लगाएको थियो । चन्द्रमा पानीको पत्ता लगाएको श्रेय भारतको यस अभियानलाई नै जान्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *