उन्नाव बलात्कार प्रकरणः पीडितले भाजपा विधायकविरुद्ध ३५ पटक दिइन् उजुरी, कारवाही भएन

 

साउन १५, नयाँ दिल्ली । टाइम्स अफ इण्डियामा छापिएको रिपोर्टका अनुसार उन्नाव पीडितकी एक आफन्तले पीडितका परिवारले पछिल्लो एक वर्षमा ३५ पटक उजुरी दर्ता गरेको बताएकी छिन् । 

परिवारले प्रहरी र प्रशासनमा दिएको आफ्नो ३५ लिखित उजुरीमा अभियुक्तले अझै हमला या नोक्सान गराउने आशंका गरेका थिए । तर प्रहरीले उनको उजुरीमाथि कुनै कारवाही चलाएन । 

null

परिवारले घटनाका मुख्य अभियुक्त बीजेपी (भाजपा) विधायक कुलदीप सिंह सेगर या उनका साथी निशाना बनाउन सक्छन् भन्ने पनि आशंका पोखेका थिए । 

पीडितका आफन्छले बताइन्, ‘हामी डरमा बाँचिरहेका छौँ । पछिल्लो वर्ष सीबीआईले अनुसन्धान सुरु गरेपछि हामीलाई मार्ने धम्की आइरहेको थियो । हामीलाई यति डर थियो कि हामीले माखीस्थित आफ्नो घर सम्म छोडीदियौँ ।’ 

उन्नावका एसपी एमपी वर्माले पनि प्रहरीलाई ३३ पटक उजुरी प्राप्त भएको स्वीकारे । उजुरीमा कुनै दम नदेखिएकाले खारेज गरिएको उनको दाबी छ । 

उन्नाव बलात्कार प्रकरणकी पीड़ितले सीजेआईलाई पनि चिठ्ठी लेखेकी थिइन् 

इण्डियन एक्सप्रेसको रिपोर्ट अनुसार उन्नाव बलात्कार पीडितले कार दुर्घटनामा गम्भीर घाइते हुनुभन्दा केही दिन पहिले भारतका मुख्य न्यायाधीश जस्टिस रन्जन गोगोईलाई चिठ्ठी लेखेकी थिइन् । 

पीडितले सीजेआईलाई लेखेको पत्रमा उक्त घटनाको अभियुक्तले दिएको धम्की र आफ्नो ज्यानको खतराबारे उल्लेख गरेकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *