साझा यातायातलाई अशोक लेलैण्डद्वारा २० थान बस हस्तान्तरण

 

असार १७, काठमाडौँ । आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डद्वारा साझा यातायातलाई २० थान बस हस्तान्तरण गरिएको छ । 

अशोक लेलैण्डले धेरै प्रतीक्षा पछिवातावरणमैत्री यूरो–४ मापदण्डका २० थान Lynx Smart, सहरी बसको हस्तान्तरण नेपालमा बिक्रि वितरणको सुरुवात काठमाडौँमा एक कार्यक्रम मार्फत साझा यातायात लाई हस्तान्तरण गरेको हो । 

null

 

धेरै अद्वितीय विशेषता Lynx Smart बसमा डिजाइन गरिएका छन्, जो आधुनिक टेक्नोलोजिद्घारा डिजाइन र प्रमाणित गरिएको हो, साथै अनिवार्य मापदण्डहरु भन्दाअतिरिक्त सुरक्षा प्रदान गर्दछ । Lynx Smart को विशेषताको रुपमा इन्जिनमा एक समकालीन ४ सिलिण्डर CRS डीजल जुन EGR संग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ र अधिकतम ९०० मिमी फ्लोर उचाइ, १३० एचपी (९५ kW) को अधिकतम शक्ति @2400 rpm, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर (अगाडी र पछि), ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ। 

ऐतिहासिक रुपमा, अशोक लेलैण्डले नयाँ, यात्री मैत्री बस समाधानको सफलतापूर्वक वितरण गरिरहेको छ र Lynx Smart बसको यो परम्परागत एक निरंतरता हो, जहाँ नेपाली ग्राहकहरु माझ आवश्यकताको विषय बन्दै गइरहेको छ । यो गाडी न केवल अपरेटर र यात्री अनुकूल छ, साथै पैदल यात्रीको सुरक्षा तथा विशेष रुपमा डिजाइन गरिएको कारणले चालक मैत्री संभव रहेको छ । 

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । अशोक लेलैण्ड १९४८ मा स्थापित यो कम्पनी व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो । 

साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक हो । अशोक लेलैण्डमा यात्री परिवहनको १८ सिट देखि ८० सिट क्षमताका विभिन्न बसहरु रहेका छन् र बसको बजारमा ठूला पकड रहेको छ । अशोक लेलैण्डको मालवहाक वर्गमा २.५ टन देखि ४९ टन सम्मका विकल्पहरु उपलब्ध छन् । 

नेपालमा उपलब्ध अशोक लेलैण्डका गाडीहरु ट्रक/टिपर, बस, साना तथा मझौला व्यवसायिक गाडीहरु, डिफेन्स प्रयोजन लगायत अन्य विशेष गाडीहरु रहेका छन् । 

आइएमई मोटर्स प्रा. लि. नेपालका लागि अशोक लेलैण्ड कमर्सियल गाडी हरुको आधिकारिक बिक्रेता हो । नेपाल भरि आफ्ना शाखा तथा डिलरका सेल्स, सर्भिसर पार्ट्स नेटवर्क मार्फत आइएमई मोटर्सले ग्राहकहरुलाई सजिलो र सुलभ तरिका ले सेवा प्रबाह गर्दै आएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *