अख्तियारको रंगेहात पछि पनि डा.रौनियारको चलखेल, अस्पताल निर्देशकद्वारा का.स. बैठक बहिष्कारको योजना

 

साउन १३, धरान । प्रदेश नं. १ को गहना भनिने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रचण्ड सरकारले प्रा.डा.राजकुमार रौनियारलाई उपकुलपति नियुक्त गरेपछि भ्रष्टाचार र अनियमितताका कारण अत्यन्तै विवादित बनेको छ । 

उपकुलपतिमा नियुक्त भएको दोश्रो दिन देखिनै प्रतिष्ठानमा काम गर्ने निर्माण व्यवसायी र स्वास्थ्य उपकरण सप्लायर्सहरुसँग हातोहात पैसा माग्न थालेर पदको गरिमालाई दाउमा राख्दै प्रतिष्ठानको मान प्रतिष्ठा समेतको धज्जी उडाएका उपकुलपति रौनियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीद्वारा ८ लाख घुस सहित रंगेहात पक्राउ परेर हाल टंगाल हिरासतमा रात काट्दै छन् । 

null

अख्तियारले रंगेहात पक्राउ गरेपनि डा. रौनियारको पैसा मोह भने अझै गैसकेको छैन । उनले प्रतिष्ठान भित्रका आफ्ना मतियार मार्फत अझै चलखेल गर्न उद्दत छन् । आफु अस्वस्थ भएको भन्दै अख्तियारको हिरासतबाट नियमित अस्पताल जाने र श्रीमती र दाजु गौरीशंकर रौनियारको मोबाइलबाट विभिन्न शक्ति केन्द्रमा बचाइदिन अनुनय विनय गर्ने उनको दिनचर्या भएको छ । 

उपकुलपति रौनियारको मतियारको टोलीको नेतृत्व अहिले अस्पताल निर्देशक डा. गौरीशंकर शाहले गर्दैछन् । डा. रौनियारलाई नै करिब ४ करोड बुझाएर अस्पताल निर्देशक भएको भन्ने हल्ला चलेका निर्देशक शाह अहिले आफ्नो पद जोगाउन र सकेसम्म निलम्वित पकुलपतिलाई नै अख्तियारको पन्जाबाट मुक्त गराएर पुरानै अवस्थामा फिर्ता ल्याउन अनेक उपाय लगाउदै छन् । यसको निमित्त उनले उपकुलपति रौनियारको भ्रष्ट टोलीका सहायक निर्देशक डा. विकाश शाह, बायोमेडिकल इन्जिनियर तथा उपकरण खरिदमा प्राविधिक रुपमा घोटाला गर्न डा. रौनियारलाई सिकाउने प्रदीप शाह, सिभिल इन्जिनियर तथा डा. रौनियारको उठन्ती कार्यका मुख्य पात्र मदन शाह, डेन्टल कलेजका डा.मन्नु विक्रम रौनियार, सहायक प्रवक्ता डा. अशोक ऐयर, खरिद शाखा प्रमुख सागर ताम्राकार, स्टाफ नर्सको परीक्षामा रौनियारको निर्देशनमा पैसा संकलन गर्ने मेट्रोन गयानन्द मण्डल, कर्मचारी महाशाखाका अधिकृत राजेन्द्र न्यौपाने लगायतसँग नियमित बैठक गरि हाल निमित्त उपकुलपति रहेका डा. गुरु खनाललाई फसाउने र डा. रौनियारलाई जोगाएर फिर्ता ल्याउने भन्ने तानावाना बुन्न व्यस्त देखिन्छन् । यस कार्यमा मूख्य रणनीति बनाउने जिम्मा मेडिकल डीन प्रा. डा. सीबी झा र प्रतिष्ठानमा काम नगरी सदैब शक्ति केन्द्रहरुसँग हिमचिम गरि अनेक बहानामा प्रतिष्ठान बाहिर अनेक संस्थामा काम गर्दै हिँड्ने प्रा.डा. बद्री प्रसाद बढुलाई निर्देशक डा. शाहले दिएका छन् । 

यिनै दुई जनाको सल्लाह वमोजिम निमित्त उपकुलपति डा. खनालले कार्यकारीणीको बैठक बोलाउने छनक पाएर निर्देशक डा. शाह अचानक विदामा हिँडेको प्रतिष्ठान श्रोत बताउँछ । डा. बढुलाई प्रतिष्ठानको गत शैक्षिक सत्रको एमविविएस प्रवेश परीक्षामा डा.रौनियारसँग मिलेर भारतीय विद्यार्थी उत्तीर्ण गरि अकुत कमाउने कार्यमा साथ दिन उनको नेतृत्वमा प्रश्नपत्र बनाउँदा अधिकाँश प्रश्नहरु प्रश्न बैंक बाहिरबाट बनाएको समेत आरोप छ । उक्त प्रवेश परीक्षामा प्रतिष्ठानकै इतिहासमा सबैभन्दा बढी भारतीय विद्यार्थीले परीक्षा उत्तीर्ण गरेको श्रोत बताउँछ । 

यसैविच प्रतिष्ठानमा अख्तियारको निगरानी बढेको सन्दर्भमा आम नागरिक तथा अधिकांश शिक्षक तथा कर्मचारी भने अब प्रतिष्ठान सुध्रिने भयो भनेर हर्षित छन् । 

प्रतिष्ठानमा अहिले डा. गुरु खनाल निमित्त उपकुलपतिको हैसियतमा मात्र छन् । प्रतिष्ठानका अर्का पदाधिकारी रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी मेनेजर अमित श्रीवास्तव, पूर्व उपकुलपति डा. वीपी दास लगायत ८ जनालाई अख्तियारले १६ करोड बढि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएको छ । प्रतिष्ठानका ठूला कर्मचारी र वहालवाला पदाधिकारी नै भ्रष्टाचारमा मुछिएपछि प्रतिष्ठानको काम कारवाही र भौतिक निर्माण समेत अलपत्र परेका छन् । 

डा. रौनियारलाई दुहुनो जर्सी गाई बनाएर प्रतिष्ठानको साधन श्रोत खर्च गराउन माहिर अधिवक्ता राजु कटुवालले अझै पनि डा. रौनियारलाई बचाउन सकिन्छ भन्न छोडेका छैनन । डा. रौनियारको अढाई वर्षे कार्यकालमा कानूनी सल्लाहको निमित्त मात्र प्रतिष्ठानबाट करिब ३० लाख दोहन गरिसकेका अधिवक्ता कटुवालकै सल्लाहमा डा. रौनियारको बर्खास्ती विरुद्धको सर्वोच्चको विचाराधीन मुद्दामा जिताइदिने भनि बचन दिने बिचौलियाले डेढ करोड रुपैया गायब गरेको भन्दै डा. रौनियारका दाजु गौरीशंकर रौनियार सो पैसाको खोजीमा विगत १० दिनदेखि काठमाडौमा डेरा जमाएर बसेका छन् । 

 

वरिष्ठ अधिवक्ता हरिहर दाहाल समेतबाट बचाइदिने आश्वासन दिलाएर अधिवक्ता कटुवालले डा. रौनियारको अन्तिम सास रहेसम्म दोहन गर्ने रणनीति बनाएको देख्दा वीपी प्रतिष्ठानका कर्मचारी तथा शिक्षकहरु अचम्ममा परेका छन् । कुनैपनि कांग्रेस नेताले देखिएर डा. रौनियारलाई मुक्ति दिलाउन सहयोग नगर्ने देखिएपछि काँग्रेसबाट दुहबी न.पा.को मेयरको निर्वाचनमा पराजित उम्मेदवार तथा डा. रौनियारका दाजु गौरीशंकर आफ्नो समूहसहित नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने प्रस्ताव लिएर सत्तारुढ पार्टीका नेताहरुको घर–घर चहारिरहेको बुझिएको छ । तर, भाई राजकुमार रौनियार नै घुस काण्डमा फसेपछि नेकपामा गौरिशंकरलाई प्रवेश गराउँदा पार्टीकै बदनाम हुने देखेपछी नेकपाका नेताहरु पछि हच्किएका छन् । 

यता डा. रौनियारलाई जोगाउन विएण्डसी हस्पिटलका दुर्गा प्रसाईंले चासो नदेखाएको, सुपारी व्यापारी दीपक पोखरेलको जोड नचलेको, काँग्रेस नेता ज्ञानेन्द्र कार्की समेत दिक्क भएर पछि हटेको तथा प्याव्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठ समेतले डा. रौनियारका दाजुलाई भेट दिन छोडेको श्रोत बताउँछ । अख्तियार प्रमुख नवीन घिमिरेको स्वच्छ छविका कारण अब डा. रौनियार जोगिदैनन भन्नेमा प्रतिष्ठानको हित चाहने चिकित्सक तथा कर्मचारी र आम धरानवासी विश्वस्त छन् । 

उपकुलपति डा. रौनियारले नेपाल आर्मी मेडिकल कलेजमा एमविविएस गरेका आफ्ना सहोदर भतिज डा. रामहरी रौनियारलाई बीपी प्रतिष्ठान बोलाएर उठन्ति धन्दामा प्रयोग गरि हिरासतसम्म पुर्याएको र अधिवक्ता राजु कटुवालको सल्लाहमा आफु जोगिन रंगेहात अख्तियारले समातेको पैसा आफुने नलिई भतिज रामहरिले लिएको भनि भतिजलाई फसाएर अख्तियारमा बयान दिएपछि डा. रौनियारको घरमा ठूलो रडाको मच्चिएको छ । 

डा. रौनियारले भरखर एमविविएस उत्तीर्ण गरेको कलिलो उमेरको भतिजालाई घुसखोरीमा तालिम दिएको र आफुसँगै डुबाएको देखेर उनका परिवारका सदस्य र वीपी प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरु आश्चर्यमा परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *