चर्चित गायिका आशा भोसले किन हिमेश रेशमियालाई थप्पड हान्न चाहन्थिन् ?

साउन ७, भारत ।  झलक दिखला जा, तेरा तेरा सुरुर, आशिक बनाया र बस एक बारजस्ता गीतका गायक एवं कम्पोजर हिमेश रेशमिया ३२ जुलाईमा आफ्नो जन्मदिन मनाइरहेका छन् । 

हिमेश रेशमियाका बुवा विपिन रेशमिया पनि म्युजिक कम्पोजर थिए । हिमेश रेशमियाले सलमान खानलाई इन्डष्ट्रिमा आफ्नो गडफादर मान्छन् । 

हिमेश रेशमियाले सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’ बाट संगीतकारको रुपमा बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले दुल्हन हम ले जाएंगे, जलवा र तेरे नामजस्ता फिल्ममा संगीत दिएका थिए । हिमेश रेशमियाले सन् २००५ मा रिलिज भएको फिल्म आशिक बनाया आपनेमा टाइटल गीतबाट गायनमा कदम राखेका थिए । 

null

हिमेश रेशमियाको नाममा थुप्रै विवाद पनि छन् । हिमेशले गडफादर भन्दै आएका सलमान खानसँग झगडा गरेका थिए । यद्यपि, यसको उनले प्रतिफल पनि भोग्नुपरेको थियो । उनलाई थुप्रै फिल्मबाट निकालिएको थियो । 

आशा भोसले हान्न चाहन्थिन् थप्पडः 

हिमेश रेशमिया र आशा भोसलेबीच पनि विवाद भइसकेको छ । वास्तवमा हिमेशले एक अन्तरवार्तामा हाई पिच गीतका कारण आवाजमा नेजल भोइस टच (नाके स्वर) आउँछ । यसका लागि उनले आर.डी.बर्मनको पनि उदाहरण दिएका थिए । 

हिमेश रेशमियाको यो कमेन्ट आरडी बर्मनकी श्रीमती आशा भोसलेलाई मन परेन । उनले भनिन्, ‘यस्तो कुरा गर्नेहरुलाई मज्जाले थप्पड हान्नुपर्छ ।’ त्यसपछि सिंगिंग शो सा रे गा मा पामा दुबैजना जज पनि बने । यद्यपि, यो विवाद सुल्झिन सकेन । 

जेठी श्रीमतीसँग सम्बन्धविच्छेदः 

हिमेश रेशमियाले २१ वर्षको उमेरमा कोमल रेशमियासँग विवाह गरेका थिए । हिमेशले सन् २०१७ मा जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । हिमेश र कोमलका स्वयं नामका एक छोरा पनि छन् । 

हिमेशले सन् २०१८ मा टिभी नायिका सोनिया कपुरसँग दोस्रो विवाह गरेका थिए । विवाहअघि हिमेश र सोनिया लगभग ८ वर्षसम्म लिभ इन रिलेशनमा बसेका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *