पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु

 

                                                      फाइल तस्विर 

असार ३०, काठमाडौं । मकवानपुरमा आइतबार राति पहिरोले घर पुरिँदा एकै घरका आमाछोरीको मृत्यु भएको छ । 

null

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुमा पहिरोले घर पुरिँदा कान्छीमाया बलामी र उनकी १८ वर्षीय छोरी बबिता बलामीको मृत्यु भएको हो । 

पहिरोमा परी ३८ वर्षीय बेली बलामी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । उनका अनुसार घाइते बेलीको त्यहीँ नजिकैको अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *