राइटपाथको युके सेमिनारमा विद्यार्थीको घुईंचो
साउन ६, काठमाडौं । उच्च शिक्षाका लागि बेलायत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै राइटपाथ करियर काउन्सेलिङले सेमिनार गरेको छ । राजधानीको पुतलीसडक स्थित मुख्य कार्यालयमा जुलाई १५ र १८ तारिखमा आयोजित सेमिनारमा दुई सय बढि विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यसै गरी राइटपाथ करियर काउन्सेलिङ चितवनमा जुलाई १६ मा भएको सेमिनारमा १५० बढि विद्यार्थीको सहभागीता रहेको राइटपाथका संस्थापक प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले बताए ।
null
सेमिनारमा बेलायत वेल्स स्थित युनिर्भसिटी अफ साउथ वेल्सका साउथ एशिया डिरेक्टर राहुल मेहता, राइटपाथका संस्थापक सिइओ फिलिप डिसीले विद्यार्थीलाई करियर काउन्सेलिङ सँगै विश्वविद्यालयका बारेमा विशेष जानकारी दिएका थिए । सेमिनारमा सहभागी १०० विद्यार्थीलाई डाइरेक्ट अफर लेटर पाएका थिए । विश्वविद्यालयले ७० प्रतिशत एकेडेमिक भएका विद्यार्थीलाई विना आइएलटिएस अफर लेटर दिएको छ । विश्वविद्यालयले ब्याचलरमा जाने विद्यार्थीलाइ वर्षकाे २५ सय डलर र मास्टर्स गर्न जानेलाइ १५ सय स्कलरशिप प्रदान गरेकाे छ ।
यसका साथै विश्वविद्यालयले जव प्लेसमेन्टको ग्यारेन्टी समेत गरेको राइटपाथका फिलिप डिसीले बताए । ‘१५० वर्ष पुरानो बेलायतकै सरकारी प्रतिष्ठित साउथ वेल्स युनिभिर्सिटीले विद्यार्थीहरुलाई जव ग्यारेन्टी समेत गरेकोले बेलायत गएर अध्ययन गर्न चाहने विद्यार्थीलाई अत्यन्त राम्रो रहेको छ ।’ उनले भने ।
युनिभर्सिटी अफ साउथ वेल्स बेलायतको १५० वर्ष पुरानो विश्वविद्यालय हो । विश्वविद्यालयको बेलायतमा मात्रै ५० बढि कलेजहरु रहेका छन् । साउथ वेल्स विश्वविद्यालयमा नेपाली विद्यार्थीले एकाउन्टिङ, विजनेश, कम्प्युटिङ, इन्जिनियरिङ, साइन्स, हेल्थ, ल, मानविकी, फिजियोलोजी लगायतका विषय अध्ययन गर्न सक्छन् ।