आइफालाई अनावश्यक रुपमा उचालियोः सञ्चारमन्त्री

 

असार १९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डलाई अनावश्यक रुपमा उचालिएको बताएका छन् । 

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आइफा नेपालमा मात्रै नभएर विश्वका अन्य विभिन्न मुलुकमा पनि हुँदै आएको भन्दै यस विषयलाई अनावश्यक रुपमा उचालिएको बताएका हुन् । 

null

‘आइफा नेपालमा मात्रै होइन, बेलायत, दुबई, कोरिया लगायतका धेरै देशहरुमा भइसकेका छन् । सरकारले अर्बौँ पैसा दिन लाग्यो भनेर यस विषयमा आकाशै खसेजस्तो गर्नुपर्ने थिएन । सैद्धान्तिक सहमति दिएको भएपनि यति नै आर्थिक सहयोग गर्ने भन्ने निर्णय भएकै थिएन,’ उनले भने । 

आइफाका बारेमा संसदको अन्तर्राष्ट्रिय समितिले दिएको निर्देशन हचुवाका भरमा आएको उनको आरोप छ । 

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबारको बैठकमा आइफा अवार्ड नेपालमा नगर्न निर्देशन दिएको थियो । 

आइफा अवार्डले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथिकै गम्भीर हमला भएको समितिको निष्कर्ष निकाल्दै समितिले नेपाली जनताको पसिनाको पैसा खर्च गरेर उक्त कार्यक्रम गर्नु उचित नभएको ठहर गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *