गृहमन्त्रीको दाबीः पौडेल दोहोरो भिडन्तमा र यादव हवाई फायरमा मारिए

 

असार २४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव समूहका नेता कुमार पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमा नै मृत्यु भएको स्पष्टिकरण दिएका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री थापाले राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो भिडन्तमा नै भएको देखाएको दाबी गरे । 

null

यस्तै उनले सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएपछि त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर गर्दा सरोजनारायण यादवको मृत्यु भएको दाबी गरे । 

प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गर्नुपरेको उनको भनाइ छ । 

गएको असार ५ गते सर्लाहीको लालबन्दीमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी कारबाहीमा मारिएका थिए । दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछी प्रहरीले आफ्नो सुरक्षाका लागि गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीको दाबी थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *