उपप्रधानमन्त्री भन्छन्- राष्ट्रिय एकतालाई थप बलियो बनाउनुपर्छ

 

असार २५, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । 

उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने पनि स्पष्ट पारे । 

null

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याए । 

उपप्रधानमन्त्री पोखरेलले तराई, मधेशका जनतामा देशभक्तिको भाव अतिधेरै रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई आग्रह गरे । 

उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । 

उनले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेशका थारु लगायतका समूदायको पु¥याएको योगदानको पनि उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई समेत सुझाव दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *