कांग्रेसका वरिष्ठ नेताहरुले राजीनामा दिऊन् भन्ने चाहन्थे राहुल

 

असार १९, काठमाडौं । राहुल गान्धी अब कांग्रेस अध्यक्ष होइनन् । उनले बुधबार ४ पाना लामो चिठ्ठी सार्वजनिक गर्दै अध्यक्ष नरहेको प्रमाणित गरिसकेका छन् । लोकसभा निर्वाचनमा काँग्रेसको हारको जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । 

पार्टीले उनलाई राजीनामा नदिन दबाब दिएको थियो तर उनले आफ्ना अडान छोडेनन् । अन्ततः बुधबार राजीनामा दिएको आधिकारिक पत्र सार्वजनिक नै गरे । 

null

वास्तवमा राहुल गान्धी पार्टीका वरिष्ठ नेताहरुले पनि राजीनामा दिऊन् भन्ने चाहन्थे । 

उनले बारम्बार पार्टी संगठनमा आमूल परिवर्तनको आवश्यकता रहेको इशारा गरेका थिए । यो परिवर्तन उनी आफ्नो राजीनामा भन्दा पहिले नै गर्न चाहन्थे । 

‘पार्टीका दिग्गज नेताका सबै समीकरण कांग्रेसले मान्यो र उनीहरुले चुनेका उम्मेद्वारलाई पार्टीले टिकट दियो । तर लोकसभा चुनावमा उनीहरुले चुनेका उम्मेद्वारले केही खास गर्न सकेनन् । नतिजा शुन्य आयो । तर पार्टी नेता आफ्नो पद छोड्न तयार नै छैनन्,’ उनको गुनासो छ । 

पार्टीको टिकट बाँडफाँडमा परिवारवाद र घमण्डको लडाईं ज्यादा रहेको उनको भनाइ छ । राहुलले यी कुराहरु मुख्यमन्त्रीको बैठकमा खुलेर गरे । 

महाराष्ट्र कांग्रेसले १० सीटमा जीतको दावी गरेको थियो तर उसलाई मात्र १ सीट मिल्यो । त्यो पनि ती उम्मेद्वारबाट मिल्यो जो उपयुक्त समयमा शिव सेना छोडेर कांग्रेसमा सहभागी भएका थिए । 

के गर्न चाहन्छन् राहुल रुहालसालै यूथ कांग्रेसका नेताहरुको बैठकमा राहुल गान्धीले मुख्यमन्त्री, महासचिवले राजीनामा नदिएकोमा दुःख लागेको बताएका थिए । त्यसपछि पार्टीमा राजीनामाको वर्षा भयो । संगठनका दोस्रो तहका नेताहरुले सामुहिक राजीनामा पेश गरे । 

उक्त राजीनामा पछाडीको कारण हो कांग्रेसका रिति–नीति सञ्चालन गर्ने वरिष्ठ दिग्गज नेतामाथि राजीनामाको दबाब दिनु थियो । यद्यपी आफ्नो गल्ती स्वीकारेर राजीनामा दिन कोही तयार भएनन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *