नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माईला लामा पक्राउ

काठमाडौं, ५ साउन । नेपाल प्रहरीले मध्यरातमा विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामालाई पक्राउ गरेको छ । उनीसँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन् । 

 

नेपाल अपराध अनुसन्धान महाशाखाको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे पक्राउ गरेको हो । काठमाडौं लगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दावी छ । 

null

राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीब्र पारेको थियो । काठमाडौं सितापाइलाका लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लागेका थिए । उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उमेद्वार पनि भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *