मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर कोर्योलाई उडान अनुमति दिए

 

साउन १०, हङकङ ।  उत्तर कोरियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर कोर्योले अर्को सातादेखि प्योङयाङबाट मकाउमा पुनः सिधा हवाई सेवा शुरु गर्न लागेको छ । मकाउ नागरिक उड्डयनले करिब १५ वर्षपछि एयर कोर्योलाई उडान अनुमति दिएको हो । 

उत्तर कोरियाली विमान सेवा एयर कोर्योले हाल चीनको बेइजिङ र शेनयाङ तथा रुसको भ्लाडिभोस्तकमा मात्र उडान गरिरहेको छ । एयर कोर्योको मकाउ चौथो गन्तव्य हो । मकाउ नागरिक उड्डयनले जारी गरेको वक्तव्यमा आगामी अगष्ट २ देखि हप्तामा दुईवटा मकाउ–प्योङयाङ सिधा उडान हुने उल्लेख छ । 

null

सन् १९९६ देखि २००४ सम्म दुवै शहरबीच नियमित उडान हुँदै थियो । एसियाको ‘लास भेगास’ का रुपमा लिइने मकाउ र उत्तर कोरियाबीच लामो पारम्परिक सम्बन्ध रहिआएको छ । उत्तर कोरियाली नेता किम जोङ अनका भतिजा किम जोङ नाम पनि मकाउमै निर्वासित जीवन बिताइरहेका थिए तर उनको सन् २०१७ मा क्वालालम्पुर विमानस्थलमा हत्या भएको थियो । 

मकाउका व्यापारी स्टान्ले हो ले सन् १९९९ मा उत्तर कोरियामा क्यासिनो प्योङयाङ पनि खोलेका थिए । हाल उत्तर कोरियामा चीनका सबैभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *