ठूलो परिमाणमा अवैध चाँदी सहित भारतीय नागरिक पक्राउ

 

असार १७, विराटनगर । प्रहरीले सोमबार साँझ बिशेष सूचनाको आधारमा बिराटनगरबाट अवैध चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरी कार्यालय मोरंगका अनुसार विराटनगर महानगरपालिका ९ रोडषेश चौकबाट ५९ किलो ९ सयग्राम अवैध चाँदीसहित २३ वर्षीय भारतिय नागरिक गौरव साह पक्राउ गरिएकाे  हो । 

null

पक्राउ परेका साहले यस घटनामा भारतिय नम्बर बी.आर.११.एके.१७९१ भएको कार प्रयोग गरेको र त्यस कार हाल प्रहरीको नियन्त्रणमा भएको मोरंग जिल्लाका प्रहरी प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । 

पक्राउ गरिएको चाँदी कस्को हो भन्ने खुल्न नसकिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *