पर्वतको डिमुवामा कामना सेवाकोे ९२ औं शाखा

 

असार २५, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । 

कामना बैंकले गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा आज (बुधबार) ९२ औँ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको हो । 

null

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यता र गाउँपालिकाका उपाध्यक्ष सेतीमहत र वडाध्यक्ष विमल लामिछाने, बैंकका सञ्चालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ गरिएको हो । 

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९२ वटा शाखा तथा ४४ एटिएम मार्फत् ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *