कर्णाली प्रदेशका मुख्यमन्त्री भन्छन्–काममा ढिलासुस्ती भयो, ५ सय कर्मचारी चाहियो

 

साउन ७, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा कर्मचारी अभाव भएको भन्दै केन्द्र सरकारसँग ५ सय कर्मचारी उपलब्ध गराउन माग गरेका छन् । 

मंगलबार रिपोर्ट्र्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कर्मचारी अपुग भएको बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘कर्णाली प्रदेशमा कर्मचारीको अभाव छ । केन्द्र सरकारले तत्काल ५ सय कर्मचारी उपलब्ध नगराए काम गर्न सक्ने अवस्था छैन । काममा ढिलासुस्ती भएको छ । निर्माण कार्यहरु अघि बढ्न सकिरहेको छैन ।’ 

उनले लोकसेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखि पठाएपनि समय लाग्ने देखिएको स्पष्ट पारे । लोकसेवाले पनि ढिलासुस्ती गरिदिँदा समस्या उत्पन्न भएको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *