वर्षकै उत्कृष्ठ बैंक बन्दै एन आई सी एशिया उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

 

साउन ८, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड द इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरे । अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एन आई सी एशिया बैंकले यस वर्ष सो अवार्ड जित्न सफल भएको हो । 

null

आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ठ वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ । 

बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्स् (एनएफआरएस) को मापदण्डबमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरुको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको छ । 

यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ठ प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ । 

बैंकले मुलुकभर २९२ शाखा कार्यालयहरु, ३१० एटिएम, ५१ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । १७ लाखभन्दा बढी ग्राहक रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *