खेत जोती रहेको अवस्थामा चट्याङ लागेर गोरू सहित दुइको मृत्यु
साउन ७, मोरङ । मोरङमा सोमबार र मंगलबार चट्याङको कारण दुई जनाले ज्यान गुमाउनु परेको छ भने एक जना घाइते भएकी छिन् ।
मंगलबार बिहान करिब साढे ११ बजे खेतमा काम गरी रहेको अवस्थामा वर्षासँगै आएको चट्याङ्ले लाग्दा बुढीगंगा गाँउपालिका पर्सावनीका ३० वर्षिय रामेश्वर विश्वासको मृत्यु भएको छ ।
null
प्रहरी कार्यालयका प्रवक्ता राजकुमार खिउजुका अनुसार विश्वासलाई आफ्नै खेतमा काम गरी रहेको अवस्थामा विश्वासलाइ चट्याङ लागेको थियो ।
त्यसैगरी मोरङका नै अर्का एक व्यक्तिलाई पनी खेतमा काम गरी रहेको अवस्थामा चट्याङ पर्दा उनको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षिय श्याम मण्डल रहेको प्रहरीले जनाएको छ ।
मोरङको धनपालथान गाँउपालिकामा सोमबार दिउँसो हलगोरुसहित खेत जोतिरहेको अवस्थामा चट्याङ पर्दा मण्डल सहित दुइवटा गोरु समेत मरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घरमा बसी रहेको अवस्थामा करिब १० मिटर टाढा चट्याङ खस्दा एक महिला घाईते भएकी छिन् घाईते हुनेमा सुनवर्षी गाँउपालिकामा २८ वर्षिया लक्ष्मीदेवि केविरथ रहेको प्रहरीले जनाएको छ ।