रतुवामाईमा ‘आधारभुत पत्रकारिता तालिम’

 

विराटनगर, असार २१ । मोरङको रतुवामाई नगरपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नगरपालिकाको सहयोग तथा प्रदेश टाईम्स मिडिया प्रा.लि. विराटनगरको आयोजनामा बुधबारदेखी सुरु भएको आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो । 

तालिमको समापन समारोहमा बोल्दै मेयर राईले सुगम क्षेत्र भएपनि रतुवामाई सञ्चार माध्यमको पहुँचबाट टाढा रहेको बताए । उनले सञ्चार माध्यम र पत्रकारले जनप्रतिनिधि तथा अधिकार प्राप्त अधिकारीलाई आ–आफ्नो जिम्मेवारी वहन गर्न खवरदारी गर्नुपर्ने बताए । 

null

उनले जनप्रतिनिधि तथा कर्मचारीहरुले गरेका राम्रा कामको प्रोत्साहन र जिम्मेवारीबाट पन्छन खोजे खवरदारी गर्नुपर्नेमा जोड दिए । मेयर राईले पत्रकारले स्थानीय तहहरुले गरेका कार्यक्रम, विकास निर्माणलगायतका कामको प्रचार प्रसार हुनुपर्ने र गलत कार्यको आलोचना गरेर जिम्मेवारी वहन गर्न दवाव सृजना गर्नुपर्ने बताए । 

मेयर राईले भने ‘हामी जनप्रतिनिधीहरु जानी नजानी आफनो दायित्ववाट अलमलिन सक्छौँ । हामीलाई घच्घच्याउन जरुरी छ । तालिम लिएपछी तापाईहरु पत्रकारिता क्षेत्रमा लागेर यो काम गर्नु हुन्छ भन्ने हाम्रो अपेक्षा छ ।’ 

उनले तिन दिने पत्रकारिता तालिम प्रयाप्त नभएको बताउँदै आगामी दिनमा थप तालिम दिनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘तिन दिनको तालिम पक्कै पनि कम हो । आगामी दिनमा राम्रो गर्नुभयो भने तपाईहरुलाई यो भन्दा माथिको तालिमका लागि नगरपाकिाले सहयोग गर्ने छ ।’ उनले भने । उनले सवै वडाबाट तालिमका सहभागीले कलम चलाएर विकास र समृद्धिलाई अघि बढाउन टेवा पुर्याउन आग्रह गरे । 

कार्यक्रममा रतुवामाई नगपालिकाका उप–मेयर दयन्तादेखी चुडालले पत्रकारिता सम्मान जनक पेशा भएको बताउँदै भर्खरै तालिम प्राप्त सहभागिहरुले आफ्ना गाउँ ठाउँको समाचार लेख्न थाल्नु पर्ने बताइन् । कार्यक्रममा प्रशिक्षक दिपेन न्यौपानेले तालिम लिएर शिप सिकेका सहभागीलाई पत्रकारिता क्षेत्रमा लागेर समाजको विकासमा अग्रसर बन्न सुझाब दिए । उनले अहिलेको अवस्थामा पत्रकारितामा क्षेत्रमा पनि प्रयाप्त सम्भावना रहेको बताए । 

समापन कार्यक्रममा सहभागीहरुको प्रतिनिधित्व गर्दै रतुवामाई नगरपालिका–१० की प्रशिक्षार्थी नीतीशा नेपाली, वडा नंं. ३ का मनोहर ताजपुरिया र वडा नं. ४ का महेश महतोले आफुहरुका लागि तालिम उपयोगी भएको बताए । उनीहरुले आफुले शिकेको सीपलाई सदुपयोग गर्ने सामुहिक प्रतिवद्धता समेत जनाए । उनीहरुले ३ दिनको तालिम कम भएको बताउँदै आगामी दिनमा सोभन्दा मातिल्लो स्तरको तालिम आयोजना गर्न नगरपालिकालाई आग्रह गरे । 

तालिममा नगरपालिकाका १० वटै वडाबाट ३० जना युवा युवतीको सहभागिता रहेको प्रदेश टाईम्स मिडिया प्रा.लि.का अध्यक्ष सरोज दुलालले जानकारी दिए । तिन दिने उक्त तालिमका सहभागिलाई वरिष्ठ पत्रकार यज्ञ शर्मा, दिपेन न्यौपाने, प्रदिप पराजुली लगायतले प्रशिक्षण दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *