आठ घण्टापछि हट्याे फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपकाे समस्या

 

असार, १९ ।  सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप लगभग आठ घण्टाको गडबडीपछि ठिक भएको छ । 

यी एप्स पूर्ण रुपमा ठप्प त थिएनन् तर केही फिचरमा समस्या देखिएको थियो । फेसबुकले अब यो समस्या हटिसकेको जानकारी दिएको छ । 

null

विशेषगरी यी एप्समा तस्बिर र भिडियो पठाउन समस्या थियो भने यी अपलोड पनि भइरहेका थिएनन् । फेसबुक वेबसाइट र एपका न्यूजफिडमा केही तस्बिर लोड हुन सकिरहेका थिएन र इन्स्टाग्राममा पनि यस्तै समस्या देखिएको थियो । 

ह्वाट्सएपमा पनि मानिसहरुलाई तस्बिर र भिडियो पठाउन र ती डाउनलोड गर्न समस्या भइरहेको थियो । 

आठ घण्टासम्म रह्यो समस्याः 

केही प्रयोगकर्ताले फेसबुकमा केही तस्बिर, भिडियो वा अन्य डेटालाई एप वा वेबसाइट दुबै तर्फबाट एक्सेस हुन नसकेको बताएका थिए । यस्तै गरी इन्स्टाग्राममा स्टोरिज हेर्न समस्या भइरहेको थियो र केही तस्बिर लोड हुन सकेका थिएनन् । 

फेसबुकले ट्वीट गरेर यसबारे आफूलाई थाहा भएको र यसमाथि काम भइरहेको जानकारी दिएको थियो । फेसबुक र इन्स्टाग्राममा केही तस्बिर राम्रोसँग लोड भइरहेका थिएनन् । कतिलाई फेसबुक मेसेन्जरमा मेसेज हेर्न पनि समस्या भइरहेको थियो । 

तर आठ घण्टापछि नेपाली समयानुसार बिहिबार बिहान पाँच बज्नै लाग्दा फेसबुकले ट्वीटर गरेर समस्या सुल्झाएको जानकारी दिएको छ । 

 

फेसबुकले लेखेको छ, ‘केही मानिसहरु र बिजनेसलाई हाम्रो एप्स र प्लेटफर्ममा तस्बिर, भिडियो र अन्य फाइल पठाउन समस्या भयो । यो समस्या सुल्झाइएको छ । हामी कुनै पनि प्रकारको असुविधाका लागि खेद प्रकट गर्छौं ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *