वर्षाका कारण सिंगापुर र कुवेतको खेल रद्द, नेपाल मात्र अंकविहीन

 

साउन ७, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा घरेलु टोली सिंगापुर र कुवेतबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंकविहिन भएको छ । 

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुर र कुवेतबीचको खेल टस समेत नभई रद्द भएपछि सिंगापुर र कुवेतले एक/एक अंक बाँडे । 

null

एसिया फाइनलमा सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सिंगापुरले २ खेलमा ३ अंक जोडेको छ । कुवेतले २ खेलबाट १ अंक जोडेको छ । ेअंकविहीन नेपाल तालिकाको पुछारमा रहेको छ । मंगलबारको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो। 

यस्तै मलेसियाले १ खेलमा २ र कतारले २ खेलमा २ अंक जोडेको छ । प्रतियोगितामा नेपालले मात्र अंक जोड्न सकेको छैन । १ खेल खेलेको नेपाल पुछारमा रहेको छ । 

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *