कैलालीमा आफ्नै छोराले गरे बाबुको हत्या, आमा गम्भीर घाइते

 

साउन ६, कैलाली । कैलालीको घोडाघोडीमा नगरपालिका–११ सिसैया टोलमा एक युवकले आफ्नै बाबुको हत्या गरेका छन् । 

५५ वर्षीय उदय रावतले आइतबार मध्यराति हसिँयाले हानेर ७५ वर्षीय बाबु काल्चे रावतको हत्या गरेका हुन् । राति मादक पदार्थ पिएर आएका उदयले बुवा र आमालाई हसियाँले जथाभावी हानेका हुन् । 

null

घटनामा उनकी आमा ६० वर्षीय कुट्टी भन्ने नन्दा रावत गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ । 

घोडाघोडी अस्पतालमा सामान्य उपचारपछि नन्दालाई बिहान साढे २ बजेतिर कोहलपुर अस्पताल रिफर गरिएको छ । 

घटनालगत्तै फरार भएका उदयलाई प्रहरीले सोमबार बिहान ३ बजे पक्राउ गरेको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *