तालिवान लडाकूद्वारा जिल्ला कब्जा

 

असार १८, अफगानिस्तान । अफगानिस्तानमा हत्या हिंसा जारी राखेका तालिबानहरुले अफगानिस्तानको एक उत्तरी जिल्ला कब्जा गरेका छन् । उनीहरुले मङ्गलबार बिहान उत्तरी अफगानिस्तानको उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको घोषणा गरेका थिए । 

जवाजान प्रान्तको सो जिल्ला आफूहरुले कब्जा गरेको उनीहरुले घोषणा गरेका थिए । उक्त समाचारको सो प्रान्तका प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले पुष्टि गरेका छन् । 

null

उनीहरुले केही दिन यतादेखि सो जिल्ला कब्जाका लागि हमलाहरु गर्दैै आएका थिए । मङ्गलबार बिहान जिल्ला कब्जा गरेको बताएका छन् । 

यस विषयमा थप जानकारी केही दिइएको छैन । तर उता सरकारी अधिकारीहरुले भने आगामी केही दिनमा नै आफूहरुले तालिबानका विरुद्ध थप आक्रामक कारबाही गरी सो जिल्ला फिर्ता ल्याउने बताएका छन् । 

प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले भने– अफगान राष्ट्रिय सेनाले यस विषयमा गृहकार्य गर्नेछ र केही दिनमै उनीहरुको कब्जाबाट जिल्ला फिर्ता ल्याउने छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *