हङकङः संसदमा भवनमै छिरे प्रदर्शनकारी, प्रहरीद्वारा अश्रुग्यास प्रहार

 

असार १७, हङकङ । हङकङमा सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा प्रदर्शनकारीहरुले संसद भवनभित्रै छिरेर प्रदर्शन गरेका छन् । 

प्रदर्शनकारीहरुले संसदमा छिरेर तोडफोड गर्न थालेपछि प्रहरुले अश्रुग्यास प्रयोग गरेर उनीहरुलाई त्यहाँबाट बाहिर निकालेका छन् । 

null

ब्रिटेनबाट हङकङको सार्वभौमिकता चीनलाई सुम्पिएको वर्षगाँठको कार्यक्रमका बेला प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले विधायक परिषद्को भवनमा घण्टौँसम्म कब्जा जमाएका थिए । प्रदर्शनकारीलाई भवन खाली गर्न चेतावनी दिएका सयौँ सङ्ख्याका प्रहरीले मध्यरात पछि उक्त भवनलाई आफ्नो नियन्त्रणमा लिएको थियो । 

 

सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा यसअघि पनि प्रदर्शन हुँदै आइरहेको छ । 

आन्दोलनकारीहरुले उक्त प्रस्तावित सुपुर्दगी विधेयक खारेज हुनुपर्ने, चीनमा सुपुर्दगी गर्न नहुने र प्रमुख कार्यकारीले राजीनामा दिनुपर्ने लगायतका मागहरु राख्दै आएका छन् । तर यसबारे सरकारको तर्फबाट कुनै सुनुवाई भएको छैन । 

सुपुर्दगीसम्बन्धी प्रस्तावित कानुनको प्रावधानअनुसार हङकङमा अपराध तथा बलात्कारमा आरोपीलाई चीन, ताइवान र मकाउका अधिकारीले सुपुर्दगीका लागि आग्रह गर्न सक्छन् । तर सुपुर्दगी गर्नेरनगर्ने घटनाको प्रकृतिका आधारमा निर्णय लिइने जनाइएको छ । 

 हङकङका १९ वर्षीय युवाले गर्भवती प्रेमिकाको ताइवानमा हत्या गरी देश फर्केपछि सुपुर्दगी कानुनबारे बहस सुरु भएको हो । ताइवानी अधिकारीले ती युवकलाई सुम्पन हङकङसँग आग्रह गरे पनि कानुनी जटिलता देखिएको थियो । सन् १९९७ मा बेलायतबाट स्वतन्त्र भएयाता हङकङ ‘एक देश दुई व्यवस्था’ अन्तर्गत अर्ध–शासित छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *