बाँकेमा करेन्ट लागेर एकको मृत्यु
मकालु खबर
२०७६ असार २७ गते
असार २७, नेपालगन्ज । बाँकेमा पानीले भिजेको तारमा अंकुश लगाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।
बाँकेको डुडुवा गाउँपालिका–५, नानापुरमा पानीले भिजेको तारमा अंकुश लगाउने क्रममा स्थानिय दुर्गाबहादुर गुरुङको मृत्यु भएको हो ।
null
स्थानियका अनुसार गुरुङको घरमा मिटरबक्स नभएकोले अंकुश लगाएर घरमा बत्ती बाल्दै आईरहेका थिए सोही क्रममा तारमा अंकश लगाउने क्रममा उनलाइ करेन्ट लाग्दा उक्त दुर्घटना हुन पुगेको हो ।
गुरुङलाई करेन्ट लागे लगतै अस्पताल लगिएता पनि उपचार हुन नपाउँदै उनको मृत्यु भएको बाँकेका मुद्दाफाँटका इन्चार्ज दीपक मल्लले जानकारी दिएका छन् ।
मकालु खबर
२०७६ असार २७ गते
प्रतिक्रिया
सम्बन्धित