बाढीपीडितलाई मन्त्री पण्डितको साथ (फाेटाेफिचर)

 

साउन ३, विराटनगर । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बाढी पिडित जनताको पिरमर्का बुझेर उनीहरुको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । 

केहीदिन अघिको लगातार वर्षाका कारण आएको बाढीले मोरङ जिल्ला प्रभावित भएपछि गृहजिल्ला आएका मन्त्री पण्डितले प्रभावित क्षेत्रमा पुगेर तत्कालका लागि राहत वितरण गर्दै बाढी पिडितको समस्या सम्बोधन गर्ने बताए । 

null

उनले बाढिपीडितहरूको व्यवस्थापनका लागि दीर्घकालीन उपाय निकाल्ने प्रतिबद्धता समेत जनाए । बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत निरिक्षण गरेका मन्त्री पण्डित बाढी पिडितको अवस्था देखेर भावुक बनेका थिए । 

 

उनले बाढीबाट पिडित जनताहरुसँग भेटेर उनीहरुको समस्या र समाधानका विषयमा छलफल गरेका छन् । उनले आफू निर्वाचित मोरङ क्षेत्र नं. ६ अन्तर्गत, बाढी प्रभावित विराटनगरका विभिन्न वडा, बुढीगंगा गाउँपालिका र शुन्दर हरैँचा नगरपालिकामा पिडित परिवारलाई भेटेर तत्कालका लागि राहत वितरण गरेका छन् । 

मन्त्री पण्डितले आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट विस्थापित भएर विभिन्न स्थानमा आश्रय लिएर बस्दै आएका परिवारलाई राहत वितरण गरेका हुन् । 

उनले बाढी पिडितको दिर्घकालिन समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण भएको बताउँदै तत्कालका लागि खाद्यान्न, झुल त्रिपाल, मेट्रेस, टर्च लाईट लगायतका राहत समग्री वितरण गरेका थिए । 

 

मन्त्री पण्डितले बाढीबाट भएको क्षतिको वितरण समेत लिएर पुन संघीय राजधानी काठमाडौं फर्किएको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य सत्नारायण चौधरीले जानकारी दिए । 

मन्त्री पण्डित आफ्नो क्षेत्रको विकास र जनताको समस्या र पिरमर्का बुझ्न सबैभन्दा बढी गृह जिल्ला आउने गरेका छन् । उनले जनतासँग गरेको प्रतिबद्धता अनुसार नियमित निर्वाचन क्षेत्र आएर जनताका समस्या समाधानमा अग्रसरता देखाउँदै आएका छन् ।  

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *