सर्लाहीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु

 

असार १५, सर्लाही । सर्लाहीमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युु भएको छ भने प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । 

सर्लाहीको बाँके जंगल खण्डमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा टाउकोमा गोली लागेर ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करका करिब २७ वर्षीय सरोज नारायण महतो (देवन) को मृत्यु भएको हो । 

null

सर्लाहीको बाँके खोलाबाट बालुवा–गिट्टी झिक्दा खाल्डोमा डुबेर एक १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि आक्रोशित स्थानीयले आइतबार अपरान्ह पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । बाँके चौकमा शव ल्याएर प्रदर्शन स्थानीयले प्रदर्शन गरेका थिए । 

स्थानीयको विरोधले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा सडक खुलाउन प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको हो। 

सम्झाई बुझाई गर्ने, अश्रुग्यास हान्ने, हवाई फायर गर्ने सबै उपाय अपनाउँदा पनि भीड शान्त नभएपछि गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ । 

प्रदर्शनकारीले हानेको ढुंगाले लागेर प्रहरी जवान कृष्णप्रसाद काफ्नको ४ वटा दाँत झरेको तथा अन्य प्रहरीको पनि चिउँडो, हात, खुट्टा लगायतमा चोट लागेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *