राजनीतिक प्रतिवेदनमा सहमति जुट्यो: प्रचण्ड

 

असार २२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदनबारे सहमति जुटेको छ । 

आइतबार नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदनमा सहमति जुटेको भन्दै यसको काम पूर्ण रुपमा टुंगिएको बताए । 

null

कार्यक्रममा उनले भने, ‘एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । त्यो भोलि प्रकाशनमा जाँदैछ । पार्टी एकताको सन्दर्भमा त्यो एउटा ठूलो काम हामीले आज पूरा गरेका छौँ।’ 

उनले राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीतिमा अन्योल रहेको स्पष्ट पार्दै आजबाट त्यो अन्योलको अन्त्त्य गर्ने निर्णय भएको सुनाए । 

दुई अध्यक्षबीच पटकपटक छलफल हुँदा पनि सत्तारुढ नेकपाको राजनीतिक दस्तावेज कहिले प्रकाशनमा जाने टुंगो लाग्न सकेको थिएन । 

राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिका कार्यदिशा समेत आधिकारिक रुपमा टुंगिएको थिएन । अब भने यसबाट उब्जिएको विवाद टुंगो लाग्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *